काठमाडौं । राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको खुलेको छ। राहदानी विभागले नक्सा पास नगरी भवन बनाएको काठमाडौं महानगरपालिकाले जनाएको छ। राहदानी विभागले गत वर्ष मात्रै यो भवन बनाएको थियो ।
कन्सुलर सेवा विभाग समेत रहेको यो भवनको नक्सा पास नै नरहेको काठमाडौं महानगरका भवन निर्माण विभागका एक अधिकारीले जानकारी दिए । विभागले यो भवन १ अर्ब ५ करोड लागतमा निर्णमा गरेको थियो।
स्थानीय सरकार सञ्चालन ऐन-२०७४ अनुसार कसैले पनि गाउँपालिका वा नगरपलिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्नु हुँदैन ।
‘हाम्रो रेकर्डमा विभागको भवनको नक्सा पास भएको रेकर्ड भेटिएन,’ महानगरका एक अधिकारीले भने,’उहाहरुसँग नक्सा पास भएको प्रमाण भए पेश गर्न भन्छौं ।’
प्रकाशित मिति: १० भाद्र २०७९, शुक्रबार
प्रतिक्रिया