बारा । प्रहरीले हेटौंडा–वीरगञ्ज सडकखण्ड अन्तर्गत अमलेखगञ्जबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

जितपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जमा विशेष सूचनाको आधारमा खटिएको प्रहरीले मकवानपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको बा २ ख ९५६९ नम्बरको मिनि ट्रक रोकी जाँच गर्दा दुई क्विन्टल ३६ किलो गाँजा बरामद गरेको हो।

advertisement

प्रहरीका अनुसार, ट्रकको छतमा फल्स बटम बनाएर लुकाई राखिएको २८ वटा पोकामा गाँजा छोपिएको अवस्थामा फेला परेको थियो। इलाका प्रहरी कार्यालय अमलेखगञ्जका प्रमुख, प्रहरी वरिष्ठ नायब निरीक्षक धनप्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले उक्त बरामद गरेको हो।

यस घटनामा ट्रकका चालक मकवानपुरका रमेश रुम्बालाई नियन्त्रणमा लिइएको छ। प्रहरी प्रमुख वेदप्रकाश जोशीले बताए अनुसार, रुम्बामाथि थप अनुसन्धान जारी रहेको छ भने बरामद गाँजाको स्रोत र यसमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य पनि भइरहेको छ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com