काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङखोलामा सुक्खा पहिरो खस्दा पृथ्वी राजामार्ग अबरुद्ध बनेको छ ।
राती १ बजे गएको पहिरो एक पटक पन्छाइएको भए पनि पछि ठूलो पहिरोझरेपछी अहिले बाटो दुईतर्फ नै अवरोध रहेको छ ।
पहिरो झर्ने क्रम निरन्तर रहेकाले अहिले सम्म पहिरो पन्छाउने काम सुरु हुन नसकेको धादिङका प्रहरी प्रमुख भेसराज रिजालले जानकारी दिए । बाटो अबरुद्ध हुदा धेरै सवारी रोकिएका छन ।
प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार












प्रतिक्रिया