दशैंलाई लक्षित गर्दै साझा यातायातले काठमाडौं–नारायणगढ वस सेवा सञ्चालन गर्ने भएको छ । साझा यातायात सञ्चालक समिति सदस्य कनकमणि दीक्षितका अनुसार, यो सेवाको एकतर्फी भाडा मात्र ३०० रुपैयाँ तोकिएको छ, जुन अन्य सवारी साधनको तुलनामा लगभग आधा सस्तो हो।

साझा यातायातका बसहरू ललितपुरको पुल्चोकबाट सुरु भई लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोंगबु नयाँबसपार्क हुँदै कलंकी पुग्नेछन् र त्यहाँबाट नारायणगढतर्फ प्रस्थान गर्नेछन्।

advertisement

कलंकीबाट पहिलो बस बिहान ७ बजे छुट्नेछ, त्यसपछि ८, ९, १०, ११ र १२ बजे गरी प्रत्येक घण्टामा बसहरू छुट्ने कार्यक्रम छ।

नारायणगढ पुगेपछि ती बसहरू पुनस् यात्रु लिएर पुल्चोक हुँदै काठमाडौं फर्किने छन्। यात्राका लागि यात्रुहरूले अनिवार्य रूपमा ३०० रुपैयाँ तिरेर टिकट लिनुपर्नेछ। बिना टिकट यात्रा गरे कानुनी कारबाही हुने साझा यातायात सहकारी संस्थाले जनाएको छ।

यात्रुहरूलाई सिट बाहेक उभिएर वा मुढामा बसेर यात्रा गर्न नदिइने स्पष्ट गरिएको छ। यात्राको व्यवस्थापन सुरक्षित, अनुशासित र नियमअनुसार हुने साझा यातायातको भनाइ छ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com