काठमाडौं । सरकारले केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ ।

सरकारी स्रोतका अनुसार यसअन्तर्गत नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वऊर्जामन्त्री दीपक खड्का लगायतका नेताहरू परेका छन् ।

advertisement

गत भदौ २३ गते भएको जेन–जी आन्दोलनको दमनमा संलग्न भएको भन्दै ती नेताहरूलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग उठेपछि पासपोर्ट रोक्ने प्रक्रिया अगाडि बढाइएको हो । एक मन्त्रीले बताए, ‘जेन–जी आन्दोलनलाई बलपूर्वक दबाउनेहरूलाई कारबाही गर्नुपर्ने माग छ । त्यहीअनुसार अनुसन्धान सहज बनाउन पासपोर्ट रोक्ने तयारी भइरहेको हो ।’

सरकारले तत्काल दुई मुख्य बुँदामा छानबिन गर्ने संकेत दिएको छ— आन्दोलन दमनका क्रममा भएको घटनाक्रम र नेताहरूको घरमा फेला परेको नगद सम्बन्धी मुद्दा । यी विषयमा प्रभावकारी अनुसन्धान सुनिश्चित गर्न पासपोर्ट रोक्का गर्ने निर्णय हुने स्रोतले दाबी गरेको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com