काठमाडौँ । आश्विन शुक्ल पञ्चमी, नवरात्रको छैटौँ दिन भए पनि शनिबार पञ्चमी तिथि भएकाले नवदुर्गामध्येकी पाँचौँ रूप स्कन्दमाताको पूजा आराधना गरिँदैछ।

स्कन्दमाता भगवती पार्वतीकै रूप भएको पुराणमा उल्लेख छ। स्कन्दकुमार ९कुमार० की माता भएकीले यिनको नाम स्कन्दमाता रहेको बताइन्छ।

advertisement

गोरो वर्ण, चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ। कमलको आसनमा बसेकी हुनाले स्कन्दमातालाई पद्मासना पनि भनिन्छ।

नवरात्रमा प्रत्येक दिन एक(एक देवीको आराधना गर्ने परम्परा छ। श्रद्धालु घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्।

पुराणअनुसार विभिन्न समयमा माता पार्वतीले लिएको रूपलाई नै नवदुर्गा भनेर पूजा आराधना गर्ने परम्परा चलेको हो। मार्कण्डेय पुराणअन्तर्गत देवीमाहत्म्य अनुसार नवदुर्गा भन्नाले शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन्।

आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिन ‘दुर्गाघट’ स्थापना गरिएको दशैँघरमा नवमीसम्म प्रत्येक दिन क्रमैसँग एक(एक देवीको उपासना गर्ने परम्परा छ।

नवरात्रभरि महाकाली(महालक्ष्मी(महासरस्वतीरूपिणी शक्तिस्वरूपा भगवतीको आराधना गर्ने परम्परा छ।

 

प्रकाशित मिति: ११ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com