काठमाडौं । सरकारले जेन जी आन्दोलनका घाइतेहरुको पहिचान गरी सहज र प्रभावकारी उपचारको व्यवस्था मिलाउने भएको छ ।
गृह मन्त्रालयका अनुसार घाइतेको पहिचान र उपचारका लागि सहायता कक्ष स्थापना गर्दै सम्बन्धित व्यक्तिलाई परिचयपत्र वितरण समेत गरिने भएको छ ।
त्यस्तै घाइतेको उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालमा छुट्टै क्लिनिक सञ्चालन गर्ने भएको छ ।
घाइतेको वर्गीकरणका लागि उपचारमा संलग्न चिकित्सकको संयोजनमा कार्यदल गठन गर्ने समेत निर्णय भएको गृहमन्त्रालयका सहायक प्रवक्ता रविन्द्र आचार्यले जानकारी दिए । घाइतेको नियमित उपचारका लागि परिचयपत्रका आधारमा स्वास्थ्य मन्त्रालयले निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।
प्रकाशित मिति: १२ आश्विन २०८२, आइतबार













प्रतिक्रिया