काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले सुरु गरेको अनधिकृत संरचना हटाउने अभियानको देशव्यापी प्रभाव पर्न थालेको छ ।

काठमाडौंका सार्वजनिक क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचना तथा महानगरद्वारा तोकिएको मापदण्डविपरीतका निजी निर्माणहरूमा डोजर कारबाही थालेसँगै यसको देशव्यापी सकारात्मक असर देखिन थालेको हो ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सार्वजनिक सूचना नै निकालेर ३५ दिनभित्र अरनिको राजमार्ग र त्यस वरपरका अनधिकृत संरचनाहरु हटाउन भनेको छ ।

मध्यपुर थिमि नगरपालिकाले जारी गरेको सूचनामा नगर क्षेत्रमा पर्ने अरनिको राजमार्ग, त्यसका सहायक मार्गहरु, भित्री सडकहरुमा मापदण्ड विपरीत निर्माण भएका र अतिक्रमण भएका संरचना ३५ दिनभित्र नहटाए कानुनी कारबाही थाल्ने उल्लेख छ ।

पोखरा महानगरपालिकाले पनि दोस्रोपल्ट सूचना निकालेर अनधिकृत संरचना हटाउन सूचना निकालेको छ । पोखराले यसअघि पनि अनधिृत संरचना हटाउन भने पनि अटेर हुँदै आएको थियो ।

काठमाडौं महानगरमा बालेनले सपिङ मललगायतले नक्सा विपरीत बनाएका अनधिकृत संरचना हटाउन सुरु गरेपछि पोखराले दोस्रो पटक सूचना जारी गरेको हो ।

सडक छेउमा अनधिकृत निर्मित संरचना हटाउन धनगढी उपमहानगरपालिका कार्यालयले निर्देशन दिइसकेको छ । यसअघि हेटौंडा उपमहानगरपालिका कार्यालयले पनि अनधिकृत निर्माण गरेका संरचना खाली गर्न सूचना निकालिसकेको छ ।

कतिपय नेताहरुले बालेनले निजी सम्पत्तिमा जबर्जस्ती गरेको भन्दै आपत्ति र चुनौती दिए पनि आम रुपमा यसले प्रभावकारी असर पारेको देखिएको हो ।

प्रकाशित मिति: १४ भाद्र २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com