काठमाडौं । मुग्लिन– नारायणगढ सडकखण्डको तुइन खोला पुल नजिकै पहिरो खसेर सडक पुन: अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, मध्यान्ह १२ बजेदेखि सो स्थानमा दुईतर्फी आवागमन बन्द भएको हो ।

advertisement

अहिले पनि पहिरो झने क्रम जारी रहेकाले सो क्रम रोकिएपछि मात्रै पहिरो हटाउने काम सुचारु हुने कार्यालयले जनाएको छ ।

डिभिजनबाट उपकरणहरू तैनाथ अवस्थामा रहेको पनि कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १३ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com