काठमाडौं । कम्बोडियासँगको सीमा विवाद सम्बन्धी समस्या समाधानका लागि थाइल्याण्डमा जनमत संग्रह गर्ने तयारी भएको छ ।

थाइल्याडका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले कम्बोडियासँगको सीमा सम्झौतामा चलिरहेको विवादलाई सम्बोधन गर्न जनमत संग्रहको प्रस्ताव गर्ने बताएका हुन् ।

advertisement

पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री चार्नविराकुलले थप कम्बोडियासँगको सीमाङ्कन सीमा विवाद समाधान गर्न, सरकारले हाल कायम रहेको सीमा सम्झौता रद्द गर्ने÷नगर्ने भन्ने विषयमा जनमत गर्ने योजना रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

थाईल्यान्ड र कम्बोडियाबीच ८ सय १७ किलोमिटर क्षेत्रमा सीमाहरु अझै प्रस्ट बनाउनुपर्ने विषयमा विवाद हुँदै आएको छ । सो विवादको विषयलाई लिएर गत जुलाई महिनामा पाँच दिनसम्म भएको झडप पछि यो विषय थप चर्चामा आएको बताइएको छ ।

 

प्रकाशित मिति: १४ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com