कैलाली । कैलालीको धनगढी उपमाहनगरपालिका-१३ राजपुरमा गएराति स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित आरपी फ्लोर मिल नजिक अत्तरियातर्फ गइरहेको सु प प्र ०१०११ प ४४७३ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक बैतडीको पुर्चाैडी नगरपालिका–८ का २४ वर्षीय प्रान्जल बमको मृत्यु भएको प्रहरीले जनाएको छ ।

advertisement

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर जोराले स्कुटर अनियन्त्रित भएर सडकको ‘डिभाइडर’ मा ठोक्किएको थियो । घाइते भएका बमलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा स्कुटरमा सवार पुर्चाैडीकै २६ वर्षीय सरोज बम घाइते भएका छन् । उनको माया मेट्रो अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com