काठमाडौं । नवलपरासी कारागार कार्यालयले भागेका कैदीबन्दीलाईघरमा लुकाइछिपाइ वा आश्रय नदिन सर्वसाधारणसँग आग्रह गरेको छ।

गत भदौ २५ गते, जेनजी आन्दोलनपश्चात भएको घटनामा नवलपरासी कारागारबाट ५४६ जना कैदीबन्दी फरार भएका थिए। कारागार कार्यालयका अनुसार भागेका मध्ये केही कैदीबन्दी स्वयं कारागारमा आएर उपस्थित भइसकेका छन्।

advertisement

कारागारका जेलर विकल श्रेष्ठका अनुसार भागेकाहरूमध्ये पुरुष २१९ र महिला ३२ गरी जम्मा २५१ जना अहिलेसम्म हाजिर भइसकेका छन्। अझै हाजिर नभएकालाई यही असोज २० गतेसम्म कारागारमा फर्किन आग्रह गरिएको छ।

जेलर श्रेष्ठले भने, ‘असोज २० गतेभित्र हाजिर नभएका कैदीबन्दीलाई कारागार ऐन, २०७९ तथा प्रचलित कानुनअनुसार कारबाही गरिनेछ।’

कारागार कार्यालयले भागेकाहरुलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई समेत कानुनी कारबाहीको दायरामा ल्याइने चेतावनी दिएको छ।

प्रकाशित मिति: १७ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com