काठमाडाैं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडक खण्डमा पहिरो गएको छ। पहिरोका कारण सवारी साधन अवरुद्ध भएका छन्।
गए रातिदेखिको लगातार वर्षाका कारण अरनिको राजमार्गको धुलिखेल-खावा सडक खण्डको धुलिखेल ८ तिरतिरे धारामा पहिरो खस्न थालेपछि अरनिको राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
अरनिको राजमार्ग भएर चल्ने सवारी साधनलाई धुलिखेलमा र पाँचखालमा रोकिएको छ।
प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार












प्रतिक्रिया