काठमाडौं। नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले अन्तरिम सरकारप्रति कटाक्ष गरेका छन् ।

गएराति देखिको वर्षाले जनजीवन प्रभावित भइरहेको छ । यो बेला निर्वाचित सरकार नरहेको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्वाचित सरकार छैन, सडक सरकारलाई केही भन्नै मिलेन । कस्तो वेईमान रहेछ, बेमौसमी दर्के झरी ।’

advertisement

नेता बास्कोटाको पोष्टमा टिप्पणी गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले गत वर्ष पनि वर्षापछिको बाढी र पहिरोले पुर्‍याएको क्षति स्मरण गरेका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ता नारायण पंगेनी लेख्छन्, ‘पोहोरको यही समयको विपत्तिमा भन्दा यो पटक राज्यको तदारुकता एकदमै चुस्त देखिएको छ । आशा गरौ क्षति धेरै बेहोर्नु पर्ने छैन।’

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता रामचन्द्र योञ्जनले जुन सरकार भएपनि वर्षा हुने कुरा प्राकृतिक रहेको बताएका छन् ।

अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता सन्तोष पौडेलले पनि त्यस्तै कमेन्ट गरेका छन्, ‘ प्राकृतिक विपत्ति योजनाबद्ध तरिकाले आउने होइन । अचानक आउने गर्छ । तर राज्यले केही न केही जिम्मेवारी भुमिका निर्वाह गरिदियो भने ठूलो परिणाममा मानवीय क्षति र धनमालको नष्ट हुन पाउँदैन ।’

अहिले सरकारले राजमार्गहरुका ठाउँठाउँमा यात्रुहरूलाई सचेतता फैलाउंदै रोकिरहेको उल्लेख गर्दै पौडेल थप्छन्, ‘जहाँ जहाँ बाढी पहिरोको जोखिम स्थान छन् त्यहाँ सरकारले निषेध पनि गरिरहेको छ । सबैले सही सूचना मात्र सम्प्रेषण गरौं।’

प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com