काठमाडौं । धरानबाट पाँचथर जाँदै गरेको बलेरो जीप तमोर नदीमा खसेको छ ।
तमोर नदी क्षेत्रमा जीप खस्दा छ जनाको मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । उनका अनुसार अहिलेसम्म घटनास्थलबाट पाँचजनाको शव निकालिएको छ भने अर्को एउटा शव निकाल्ने तयारीमा छ ।
उनले बाह्रखरीसँग कुरा गर्दै छ जना घाइते भएको र तीमध्ये एक जनालाई उपचारका लागि फिदिम पठाइएको र बाँकी पाँच जनालाई धरान पठाइएको बताए ।
कोसी प्रदेशका प्रहरी प्रमुख तथा डीआईजी ईश्वर कार्कीले दिएको जानकारीअनुसार धरानबाट पाँचथर जाँदै गरेको जीप तमोर नदीमा खसेको हो ।
जीप कम्तिमा पनि पाँच सय मिटर तल खसेको उनले जानकारी दिए ।
प्रकाशित मिति: १८ आश्विन २०८२, शनिबार












प्रतिक्रिया