काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शुक्रबार र शनिबार परेको अविरल वर्षापछि भएको क्षतिप्रति दु:ख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत मोदीले नेपालमा भएको जनधनको क्षति पीडादायी भएको भन्दै कुनै पनि सहयोग गर्न भारत सरकार प्रतिबद्ध भएको पनि बताएका छन् ।

advertisement

उनले भनेका छन्, ‘एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ ।’

उनले नेपाली जनता र सरकारको साथमा भारत रहेको पनि बताएका छन् ।

‘हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौं,’ उनले भनेका छन् ।

वर्षापछि आएको बाढी र पहिरोका कारण अहिलेसम्म ४९ जनाले ज्यान गुमाइसकेका छन् । देशभरका राजमार्ग अवरुद्ध हुनेगरी भएको वर्षा आज भने केही रोकिएको छ ।

अहिले विभिन्न राजमार्गहरू खुल्ने प्रक्रियामा छन् ।

प्रकाशित मिति: १९ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com