काठमाडौं । सगरमाथाको तिब्बततर्फको पूर्वी क्षेत्रमा भएको भीषण हिमपातमा १ हजार पर्यटक फसेका छन् । करिब ४ हजार ९ सय मिटरको उचाइमा रहेको सो क्षेत्रमा बाक्लो हिउँ परेको छ ।

त्यहाँ पर्ने सडक मार्ग समेत हिमपातका कारण अवरुद्ध भएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् । हिमपातमा फसेका पर्यटकको उद्दारका लागि सयौं स्थानीय र उद्दारकर्मी परिचालन गरिएको समाचारमा जनाइएको छ ।

advertisement

हिमपात भएसँगै कतिपय पर्यटकलाई पहिल्यै सुरक्षित स्थानमा सारिएको छ । स्थानीय टिङ्गी काउन्टी पर्यटन कम्पनीले शनिबारदेखि सगरमाथा दृश्यावलोकन क्षेत्रको टिकट बिक्री तथा प्रवेश समेत स्थगित गरेको घोषणा गरेको जनाएको थियो ।

 

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com