काठमाडाैं । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका–५ बलाहाकी ६० वर्षीया गीता दाहाल दुई दिनदेखि बेपत्ता भएकी छन् । शनिबार बिहान घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दसैँको टीका लगाउन मावल हिँडेकी दाहाल शनिबार बिहान घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कमा आउन नसकेकोका प्रहरी उपरीक्षक केशव थेबेले बताए ।

advertisement

दाहाल इनरुवा–३ सखुवागाछीस्थित आफ्नो मावलतर्फ टीका लगाउनका लागि हिँडेकी थिइन् । शनिबार दिन बितिसक्दा पनि घर नफर्केपछि परिवारले खोजी सुरु गरेको छ । बेपत्ता महिलाको खोजीकार्य सुरु गरिएको प्रहरी उपरीक्षक थेबेले बताए ।

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com