काठमाडाैं । नुहाउन गएका बालकको खोलाले बगाएर मृत्यु भएको छ । रौतहटको राजपुर नगरपालिका–८ बलुवा गोठटोल बस्ने गोनवर मियाको १० वर्षीय छोरा अरवाज मियाको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन् ।

दिउँसो करिब २ बजे घरबाट नजिकै बकैया खोलामा नुहाउन गएका बालकलाई खोलाले बगाएको स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय राजपुरका प्रहरी वरिष्ठ नायब निरीक्षक राजेन्द्र गिरी र सशस्त्र प्रहरी फतुवा बेसका सशस्त्र प्रहरी निरीक्षक पूर्णबहादुर तामाङको टोलीले ४० मिनेटपछि बालकलाई फेला पारेको प्रवक्ता कार्कीले जानकारी दिए । बालकको उपचारका लागि राजपुर प्राथमिक उपचार केन्द्र राजपुर फरदहवामा ल्याउँदा स्वास्थ्यकर्मीले मृत घोषणा गरेको उनले जानकारी दिए ।

advertisement

यसैबीच आजै दिउँसो देवाही गुनाही नगरपालिका–६ कर्कचटोलमा नुहाउन गएका दुई जना बालिका बेपत्ता भएका छन् । कर्कचटोलका रामदयाल रामकी १२ वर्षीया छोरी आरती कुमारी र सोही गाउँ बस्ने शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमाकुमारी आज दिउँसो करिब सावा २ बजेदेखि बेपत्ता भएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । ती बालिका आफ्नो खेतको भँगालोमा नुहाउन गएको र खोजी कार्य तीव्र बनाइएको समेत उनले जानकारी दिए ।

  • रासस

प्रकाशित मिति: २० आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com