काठमाडौं । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला सिल्भाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन वार्ता गरी दण्डात्मक करवृद्धि हटाउन आग्रह गरेका छन्।।

महिनौँदेखिको कूटनीतिक दुश्मनीपछि दुई अमेरिकी नेताहरूबीच भएको पहिलो औपचारिक वार्तामा दण्डात्मक करवृद्धि हटाउन आग्रह गरिएको हो।

advertisement

ब्राजिली राष्ट्रपतिको कार्यालयले जारी गरेको वक्तव्यमा दुई नेताबीच मित्रवत शैलीमा कुराकानी भएको उल्लेख छ।

वार्तामा राष्ट्रपति लुलाले आफ्नो देशका सामानमा लगाइएको कर हटाउन र ब्राजिली अधिकारीमाथि लगाएको प्रतिबन्ध हटाउन अनुरोध गर्नुभएको वक्तव्यमा उल्लेख छ।

 

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com