काठमाडौं । ताप्लेजुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-३ आङखोप स्थितमा च्याङथर्पुबाट आङ्खोप तर्फ आउँदै गरेको प्र.१-०१-००१ ज ३४७० नम्बरको जिप मंगलबार साँझ साढे ६ बजे दुर्घटनामा परेको हो ।

advertisement

दुर्घटनामा परी मृत्यु हुनेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जिप अनियन्त्रित भएर सडकभन्दा करिब २०० मिटर तल भिरमा खसेको थियो ।

दुर्घटनामा परी जिप चालक प्रकाश सुवाङ सामान्य घाइते भएका छन् ।

जिपमा कति जना यात्रु सवार थिए भन्ने यकिन भइनसकेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ आश्विन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com