ओखलढुङ्गा । ओखलढुङ्गामा एक वृद्ध व्यक्तिले आफ्नी श्रीमतीलाई कुटपिट गरी हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार मोलुङ गाउँपालिका वडा नं. २ बस्ने ७२ वर्षीय टेकबहादुर राईले असोज १६ गते राति ९ बजेको समयमा आफ्नै घरमा श्रीमती भविलक्ष्मी राईलाई कुटपिट गरी हत्या गरेका हुन्।

advertisement

घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको प्रहरी टोलीले टेकबहादुर राईलाई घटनास्थलबाट नियन्त्रणमा लिएको थियो। उनलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धानको लागि मुद्दा चलाइएको छ।

प्रहरी निरीक्षक विजय कार्कीका अनुसार, जिल्ला अदालतले १० दिनको म्याद थप गर्दै थप अनुसन्धान गर्न अनुमति दिएको छ।

प्रकाशित मिति: २२ आश्विन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com