हुम्ला । चंखेलीमा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका यात्रुहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर हुम्लातर्फ उडेको छ।
हुम्लाका डीएसपी शंकर पोखरेलका अनुसार, सुर्खेतबाट हेलिकप्टर उद्धारका लागि हुम्ला उडेको हो।
दुर्घटना चंखेली गाउँपालिका–४ बेशीखोला नजिकको भीत्री सडक खण्डमा गएको थियो। मेल्छामबाट पिप्लाङतर्फ जाँदै गरेको कर्णाली प्रदेश–०२००१ च १०९१ नम्बरको डबल क्याब जिप अनियन्त्रित भई करिब ३०० मिटर तल खसेको घटनामा १२ जना घाइते भएका थिए।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई प्रारम्भिक उपचारका लागि स्थानीय पिप्लाङ बर्थिङ सेन्टरमा पुर्याइएको थियो। तर उपचारको आवश्यक सुविधा नपुगेकोले थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारीमा हेलिकप्टरको माग गरिएको डीएसपी पोखरेलले जानकारी दिए।
प्रकाशित मिति: २४ आश्विन २०८२, शुक्रबार













प्रतिक्रिया