एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाका लागि शान्ति योजनाको एक हिस्साका रूपमा हमासको निशस्त्रीकरणको चर्चा ‘असम्भव’ शर्त भएको हमासका एक अधिकारीले शनिबार एएफपीसँग बताएका छन्।

‘प्रस्तावित हतियार हस्तान्तरण प्रश्नभन्दा बाहिरको कुरा हो र यो सम्झौताको सर्त बन्न सक्दैन,’ ती अधिकारीले भने।

advertisement

यद्यपि, अमेरिकी राष्ट्रपति ट्रम्पले हमासले शान्ति योजनाको दोस्रो चरणमा हतियार बुझाउने विषयलाई सम्बोधन गरिने सङ्केत गरेका छन्।

राष्ट्रपति ट्रम्पले प्रस्ताव गरेका २० बुँदे योजनामा हमासका सदस्यहरूलाई माफी दिने वाचा गरिएको छ र प्रस्तावले हमासले आफ्ना हतियारहरू हटाउने र इजरायली सेनालाई गाजा छोड्न अनुमति दिने उल्लेख गरिएको छ।

हमासका अधिकारीले सन् २०२३ अक्टोबर ७ को हमासको आक्रमणपछि पक्राउ परेका इजरायली बन्धकहरूको रिहाइका लागि सोमबारसम्मको ७२ घण्टाको समयसीमा अघि गाजामा युद्धविराम जारी गर्ने बिषयमा बोल्दै निशस्त्रीकरण असम्भव सर्त भएको बताएका हुन् ।

हमासको निशस्त्रीकरण र इजरायली सेनाको फिर्तीलाई दुई वर्षको विनाशकारी युद्धको अन्त्यको अन्तिम मिलनविन्दुका रूपमा ट्रम्पको योजनामा प्रस्ताव गरिएको छ।

प्रकाशित मिति: २५ आश्विन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com