काबुल । अफगानिस्तानमा तालिवान सरकारले पाकिस्तानको आक्रमणको प्रतिशोध स्वरूप गरेको कारबाहीमा ५० भन्दा बढी पाकिस्तानी सैनिक मारिएका र ३० घाइते भएको दाबी तालिवान प्रवक्ता जबिहुल्लाह मुजाहिदले गरेका छन्।

आइतबार काबुलमा पत्रकार सम्मेलन गर्दै मुजाहिदले प्रतिशोधात्मक कारबाहीमा २० पाकिस्तानी चौकी कब्जा गरिएको भए पनि लडाईं सकिएपछि फिर्ता गरिएको जानकारी दिएका छन्।

advertisement

यसअघि, पाकिस्तानको गृहमन्त्री मोहसिन नक्वीले शनिबार राति अफगानिस्तानबाट लिएको प्रतिशोध प्रभावकारी भएको दाबी गरेका थिए।

तालिवान प्रवक्ताका अनुसार झडपमा नौ तालिवान कर्मचारीको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्। उनले पाकिस्तानमा आईएसआईएसका तालिम केन्द्रहरू सक्रिय रहेको र खैबर पख्तुनख्वा तथा बलुचिस्तान प्रान्तमा यस संगठन अझै सक्रिय रहेको आरोप पनि लगाए। तर अफगानिस्तानमा आईएसआईएस पूर्ण रूपमा समाप्त भइसकेको उनले बताए।

साथै, अफगान विदेशमन्त्रीको भारत भ्रमण कुनै पनि देशविरुद्ध नभएको र यसमा कसैले आपत्ति जनाउनु नहुने उनको भनाइ थियो।

पाकिस्तानले जबिहुल्लाह मुजाहिदको दाबीबारे अहिलेसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।

प्रकाशित मिति: २६ आश्विन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com