काठमाडौं । धनकुटामा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।

धनकुटाबाट मुलघाटतर्फ आउँदै गरेको प्र।३-०१-००३क ६९०६ नम्बरको मिनि ट्रक आइतबार राति २ बजे धनकुटा नगरपालिका-९ पाँच गोलाईमा दुर्घटना भएको हो ।

advertisement

ट्रकका चालक उदयपुरको उदयपुरगढी गाउँपालिका-५ बस्ने २६ वर्षीय नारायण खड्का र सहचालक उदयपुरकै रानीटारका २० वर्षीय दिनेश कार्की घाइते भएका छन् । उनीहरु दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ट्रक सडकबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकाहरूला सशस्ब प्रहरी बलको विपद् व्यवस्थापन बेश मुलघाटबाट खटिएको टोली र प्रहरीको टोलीले उद्धार गरेको थियो । उनीहरुको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com