काठमाडौं । काठमाडौं महानगरपालिका–७, गौरीघाट मिलनचोकमा ४० वर्षीया विमला तामाङ (अप्सरा कार्की)को हत्या भएको छ।
हत्या आरोपमा उनका श्रीमान् ३५ वर्षीय छिरिङ (तेन्जिङ शेर्पा) पक्राउ परेका छन्।
संखुवासभा, खाँदबारी नगरपालिका–६ का स्थायी बासिन्दा शेर्पाले आइतबार आफ्नी श्रीमतीको हत्या गरेको प्रहरी अनुसन्धानले जनाएको छ। अप्सरा आफ्नो डेरा कोठामा दिउँसो मृत अवस्थामा फेला परेकी थिइन्।
शंकास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले घटनास्थलमा अनुसन्धान सुरु गरेको थियो। प्रारम्भिक अनुसन्धानमा श्रीमान् शेर्पाको संलग्नता खुलेपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानका अनुसार, दम्पतीबीच विवाद हुँदा झगडा भएको र तेन्जिङले कुटपिट तथा ढुंगा प्रहार गरी अप्सराको हत्या गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार













प्रतिक्रिया