काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल पुगेका छन्। अमेरिकाले इजरायल र हमासबीच शान्ति प्रक्रियामा मध्यस्थकर्ता भूमिका निर्वाह गर्दै आएको छ।
हमासको नियन्त्रणमा रहेका इजरायली बन्दीमध्ये पहिलो चरणमा सात जना रिहा भएपछि ट्रम्प इजरायल पुगेका हुन्। उनको स्वागत इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले विमानस्थलमै गरेका छन्।
ट्रम्पले इजरायली संसदमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने उनी केही रिहा भएका बन्दीका परिवारसँग भेटघाट गर्ने पनि जनाइएको छ।
प्रकाशित मिति: २७ आश्विन २०८२, सोमबार













प्रतिक्रिया