काठमाडौं । एकैदिन सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । सोमबार छापावाल सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैबिच मंगलबार चाँदीको मूल्य पनि बढेकाे छ । साेमबार तोलामा ३ हजार २२० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति: २८ आश्विन २०८२, मंगलबार












प्रतिक्रिया