काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको हो ।
यस्तै, चाँदीको मूल्य घटेको छ । मंगलबार तोलामा ३ हजार ३२५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा ३ हजार २४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार












प्रतिक्रिया