काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको जारी बैठकआज पनि बस्दै छ ।

ललितपुरको जावलाखेलमा जारी बैठकको दोस्रो दिन बिहीबार १४७ जना केन्द्रीय सदस्यले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि धारणा राखेको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। । यसअघि पहिलो दिन बुधबार ५० केन्द्रीय सदस्यले धारणा राखेका थिए ।

advertisement

बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि आज पदाधिकारीहरूले पनि आफ्ना धारणा राख्ने छन्। त्यसपछिअध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाको जवाफ दिएर बैठक समापन गर्नेछन्।

अध्यक्ष ओलीले ओलीले बुधबार राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए। उनलेमंसिर २७ देखि २९ गतेसम्म पोखरामा पार्टीको ११ औँ महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्।

 

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com