एजेन्सी । रुसले भारतसँगको ऊर्जा साझेदारी निरन्तर कायम रहने जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी तेल खरिद रोक्न भारत सहमत भएको अभिव्यक्ति दिएको केहि समयपछि रुसले प्रतिक्रिया जनाउँदै साझेदारी कायम रहने जनाएको हो । रुसका उपप्रधानमन्त्री अलेक्जेन्डर नोभाकले भारतको विषयमा दुई देशबीचको मैत्रीपूर्ण साझेदारसँग सहकार्य जारी राख्ने बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

advertisement

रुसी ऊर्जा स्रोतको माग रहेको बताउँदै उपप्रधानमन्त्री नोभाकले भारतसंगको साझेदारी आर्थिक रूपमा लाभदायक र व्यवहारिक रहको बताए । साझेदार राष्ट्रहरुले मिलेर काम गर्न तथा अन्तरक्रिया र ऊर्जा सहकार्यको विषयमा साझेदारी कायम राख्ने रुसको विश्वास छ ।

यसअघि अमेरिकाले युक्रेनमा युद्ध अन्त्य गर्ने प्रयासको रुपमा रुसमाथि आर्थिक दबाब दिन पछिल्लो समय लगातार तेल खरिद कार्य रोक्न भारतसहित युरोपेली मुलुकलाई दबाब दिइरहेको थियो । भारतले तेल खरिद गर्न नरोक्ने जनाएपछि अमेरिकाले भारतमा चर्को आयात शुल्क लगाउने चेतावनी समेत दिएको थियो । अन्तर्राष्ट्रिय बजारमा रुसले सबैभन्दा धेरै तेल र ग्यास निर्यात गर्दै आएको छ ।

 

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com