काठमाडौं । मन्त्रिपरिषद् बैठकले २० वटा निर्णय सार्वजनिक गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन्।
प्रवक्ता खरेलका अनुसार मन्त्रिपरिषद्ले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। त्यसैगरी, विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा दिने निर्णय पनि गरेको छ।
त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने, न्याय सेवा मन्त्रालयका दुई सचिवको सरुवा लगायतका निर्णयसमेत बैठकले गरेको छ। कुल २० निर्णय यसरी सार्वजनिक भएका हुन्।



प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार












प्रतिक्रिया