काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित केही व्यक्तिहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्नेतले प्रचण्डसँगै पत्रकार रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहमाथि पनि अनुसन्धान आवश्यक रहेको बताए। उनका अनुसार, जेनजी आन्दोलनमा उनीहरूको भूमिका शङ्कास्पद देखिएको छ र यसलाई निष्पक्ष ढंगले अनुसन्धान गर्नु पर्ने हो।
बस्नेतले जेनजी आन्दोलनमा हस्तक्षेप गर्दै अपराधिक गतिविधि भएको जिकिर गर्दै भने, ‘मुलुकको राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिमा एमालेले खेलेको भूमिकाका कारण हामीमाथि सबैभन्दा बढी आक्रमण भएको छ।’
उनले थपे कि सरकार राजनीतिक दलका नेताहरूलाई भ्रष्टाचारको आरोप लगाएर निर्वाचनमा उठ्न नदिने षडयन्त्र गरिरहेको छ र त्यसको विरुद्ध सडक सङ्घर्ष अपरिहार्य रहेको छ।
बस्नेतले पार्टी भित्र एकता आवश्यक रहेको र अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्न नहुने धारणा पनि व्यक्त गरे।
प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार











प्रतिक्रिया