काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजीनामा माग्ने केन्द्रीय सदस्यहरूलाई संयमित रहन आग्रह गर्दै पार्टी एकता र जिम्मेवारीबोधका साथ अघि बढ्न आह्वान गरेका छन्।

शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकमा पार्टीको राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा सदस्यहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै ओलीले राजीनामाबारे अगामी महाधिवेशनमा विस्तृत छलफल हुने बताएका हुन्।

advertisement

उनले भने, ‘केही साथीसँग मेरो राजीनामाबारे कुरा उठेको छ। म ५५ वर्षदेखि एउटा सानो आन्दोलनको टुक्रो बोकेर अघि बढेको मान्छे हुँ। मेरो काँधमा अझै जिम्मेवारी बाँकी छ, त्यो पूरा नगरी म पछि हट्दिनँ।’

अध्यक्ष ओलीले पार्टीभित्र मतभेदलाई व्यक्तिगत तिक्ततामा रूपान्तरण नगरी संगठनको हितमा छलफल र सहकार्यको वातावरण बनाउन आग्रह गरे।
‘पार्टीलाई तिक्ततामा नलगौं, मित्रताका साथ अघि बढौं,’ उनले भने।

उनले पार्टी नेतृत्वका विषयमा अन्तिम निर्णय महाधिवेशनको लोकतान्त्रिक प्रक्रियामार्फत हुने स्पष्ट पार्दै सबै नेताहरूलाई आन्तरिक एकताको सन्देश दिएका छन्।

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com