काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध एक १५ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन् ।
लामिछानेबिरुद्ध ती किशोरीले मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी हुन् ।
गौशाला प्रहरी वृतका अनुसार उक्त जाहेरी दर्ता भइसकेको छ । उक्त जाहेरी उपर अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालयका एआईजी रविन्द्र बहादुर धानुकले निर्देशन दिइसकेको जनाइएको छ ।
‘लामिछानेबिरुद्ध १५ वर्षीया नाबालिगले बलात्कारको उजुरी गरेकी छन् । हामीले उजुरीलाई दर्ता गरेर अनुसन्धान गर्न थालिसकेका छौँ,’ प्रहरी स्रोतले बतायो ।
क्यारेबियन लिग खेल्न जानुअघि नाबालिक किशोरीलाई सन्दिपले बलात्कार गरेको जनाइएको छ । उनले सामाजिक संजालमार्फत किशोरीलाई चिनजान गरेको र पछि भेटेर प्रलोभन देखाइ जबर्जस्ती करणी गरेको जनाइएको छ।
बलात्कारको घटना पीडितकी साथीले सुरुमा बाहिर ल्याएको बुझिएको छ ।
प्रकाशित मिति: २२ भाद्र २०७९, बुधबार
प्रतिक्रिया