पाल्पा । जुवा खेल्नका लागि पैसा सापटी नदिएको रिसमा एक वृद्ध महिलाको निर्मम हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिका–४ देउगीरकी ७६ वर्षीया फुलमाया जिसीलाई सोही गाउँका ३७ वर्षीय मीनबहादुर विश्वकर्माले कुटपिट गरी हत्या गरेका हुन् ।

advertisement

प्रहरी नायब उपरीक्षक (डीएसपी) होम प्रकाश चौधरीका अनुसार सोमबार राति करिब १२ बजे जुवा खेल्दा पैसा हारेपछि विश्वकर्माले जिसी दम्पतीसँग सापटी मागेका थिए । वृद्ध दम्पतीले पैसा दिन अस्वीकार गरेपछि विश्वकर्माले हँसियाले प्रहार गरेका थिए ।

घटनामा फुलमायाका श्रीमान् ८२ वर्षीय प्रेमबहादुर जिसी घाइते भएका छन् । टाउकोमा गम्भीर चोट लागेकी फुलमायाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते प्रेमबहादुरलाई उपचारका लागि पाल्पाबाट मंगलबार बिहान बुटवल रेफर गरिएको छ ।

घटनापछि फरार भएका मीनबहादुर विश्वकर्मालाई प्रहरीले राति नै आफ्नै घरबाट पक्राउ गरेको डीएसपी चौधरीले जानकारी दिएका छन् ।

प्रहरीले हत्यासम्बन्धी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति: ४ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com