काठमाडाैं । स्वागत नेपाललाई पक्राउ गर्ने तयारी गरिएको छ । उनलाई प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध भ्रम फैलाएको आरोपमा साइबर ब्युरोले पक्राउ गर्ने तयारी गरेको हो ।

सोमबार फोन गरेरै नेपाललाई आफैँ ब्युरोमा आउन प्रहरीले अनुरोध गरेको बताइएको छ ।

advertisement

स्वागत नेपालका अनुसार भाइटीका लगाउनुस् न त भनेर प्रहरी अधिकारीले भनेका छन् । तिहारको बेला छ, तिहार मनाउनुहुन्छ कि ? भनेर प्रहरीले सोधेकोमा नेपालले भने, ‘ठीकै छ, दिदीबहिनीको हातबाट भाइटीका लगाउन दिनुहुन्छ भने लगाउँछु, आज लक्ष्मीपूजा छ गर्छु तर आउनुपर्छ भने आउँछु, मैले भनेँ । उनलाई(फोन गर्ने साइबर ब्युरोका अधिकारी) ले ठीकै छ तिहार मनाउनोस् न त भने ।’

पेसाले अधिवक्ता रहेका नेपाल राजावादी आन्दोलनका प्रवक्ता हुन् । १५ चैतमा पनि राजावादी आन्दोलनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

 

प्रकाशित मिति: ४ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com