काठमाडौं । नेकपा (एमाले) का नेता विष्णु रिजालले भदौ २३ र २४ गतेको उपद्रवका नाममा अपराधीलाई उन्मुक्ति दिने कुनै पनि प्रयास अस्वीकार्य हुने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत राष्ट्रपतिसँग सम्झौता गरेर दोषीहरूलाई बचाउने प्रयास भइरहेको भनी प्रश्न उठाएका छन् ।

रिजालका अनुसार आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीको जिम्मेवारी अहिलेसम्म कसैले नलिए पनि आफ्नै अनुकूलको सरकार गठन भएको ४० दिन नबित्दै ‘जेन–जी आन्दोलनकारी’ र राष्ट्रपतिबीच सम्झौताको कुरा आउनु शंकास्पद रहेको छ ।

advertisement

उनले आन्दोलनको आडमा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गर्नेहरूलाई ‘अपराधीको पहिचान लुकाउन’ सम्झौताको बहानामा बचाउने खेल चलाइएको आरोप लगाएका छन् ।

रिजालले लेखेका छन्, ‘अपराधीहरूले पानीमुनि गएर पनि लुक्न सक्दैनन्, उनीहरू जसरी पनि कानुनी कारबाहीबाट जोगिन पाउने छैनन्।’

उनले लेखेका छन् :

न कुनै निश्चित आन्देलनकारी छन् न भदौ २३-२४ को उपद्रवको कुनै आन्दोलनकारीले जिम्मा लिएको छ । आफ्नै अनुकूलको सरकार बनेको पनि ४० दिन बितिसकेको छ । यति पछि आएर कथित जेनजी आन्दोलनकारी र राष्ट्रपतिबिच सम्झौता हुनुपर्ने के अनौठो बाध्यता आइपरेछ ? आन्दोलनका नाममा राष्ट्रिय र निजी सम्पत्ति आगजनी, तोडफोड र चोरी गर्नेहरूको मुकुण्डो एकपछि अर्को गरी उत्रिन थालेपछि अपराधबाट बच्नका लागि राष्ट्रपतिसँग सम्झौता गरी अपराधीलाई उन्मुक्ति दिने प्रपञ्च कुनै हालतमा सह्य हुन्न । आज नभए भोलि, ती अपराधीहरूले पानीमुनि गए पनि छुट पाउने छैनन् ।

प्रकाशित मिति: ७ कार्तिक २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com