काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बिहान ११ बजेका लागि सचिवालय बैठक आह्वान गरेको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा बस्नेछ।
झाले जानकारी दिँदै भने, बैठकमा हालको राजनीतिक परिस्थिति र पार्टीका आगामी रणनीति, विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान, हालसम्मका गतिविधिको समीक्षा तथा आगामी योजनाका विषयमा विस्तृत छलफल हुनेछ।
प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार













प्रतिक्रिया