काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रूसी तेल किन्न पूरै कम गर्दै गएको दाबी गरेका छन् ।

एयरफोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले रूसी तेल खरिदका विषयमा आफूले चीनका राष्ट्रपति सी जिनपिङसँग पनि कुरा गर्ने बताए ।

advertisement

एशियाली देश भ्रमणका लागि मलेसिया प्रस्थान गर्नुअघि ट्रम्पले एक हप्ते भ्रमणमा निस्कनुपूर्व उनले भने, ‘चीनले रूसी तेल खरिद गर्न निकै कम गर्दै गएको छ भने भारतले पूर्णरुपमा कम गर्दै गएको छ ।’

यसअघि पनि ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले कुरा गरेको र भारतले रूससँग तेल खरिद गर्न कम गर्ने दाबी गरेका थिए । तर, भारतीय विदेश मन्त्रालयले ट्रम्प र मोदीबीच कुराकानी नभएको भन्दै खण्डन गरेको थियो । ट्रम्पले भने सोही भनाइ पुन: दोहोर्‍याएका छन् ।

रूसी तेल खरिद गरेको भन्दै ट्रम्पले भारतविरुद्ध अतिरिक्त २५ प्रतिशत ट्यारिफ लगाएका छन् । जसले गर्दा अहिले भारतले कूल ५० प्रतिशत अमेरिकी ट्यारिफको सामना गरिरहेको छ ।

एशिया भ्रमणमा निस्किएका ट्रम्पले दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही भेटमा आफूले चिनियाँ राष्ट्रपति सी सँग रूसी तेल खरिदको विषय कुरा उठाउने बताएका बीबीसीले उल्लेख गरेको छ ।

यसअघि ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुससँग सम्झौता गर्न चीनको मद्दत लिन चाहेको बताएका थिए ।

रूसको सबभन्दा ठूलो सहयोगी हो चीन । युक्रेन युद्धका कारण पश्चिमी देशले लगाएको प्रतिबन्धको चपेटमा रहेको रूसका लागि चीन अहिले निकै ठूलो सहारा बनिरहेको छ ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com