काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले ठूलो परिमाणमा नगद र सुनजस्तो देखिने गरगहना सहित एक नेपाली महिला र एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेकासँग प्रहरीले १ करोड १० लाख ७० हजार रुपैयाँ नगद बरामद गरेको छ ।

प्रहरीका अनुसार शनिबार राति करिब ११:३० बजे नागार्जुन नगरपालिका–२, सानोभर्‍याङस्थित एक घरमा छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–२ की २२ वर्षीया रोजिना सुनार र चीनको बेइजिङ निवासी ३८ वर्षीय जियाओ यानहुई रहेका छन् । दुवै जना हाल नागार्जुन–२ मै बसोबास गर्दै आएका थिए ।

advertisement

प्रहरीले १ करोड १० लाख ७० हजार रुपैयाँ नगदसँगै सुनजस्तो देखिने झुम्का, बाला, औंठी, शिरबन्दीलगायतका गरगहना, ६ वटा मोबाइल फोन, एउटा एप्पल म्याकबुक प्रो ल्यापटप, बीवाइडी कार, रोजिनाको नागरिकता, जियाओको राहदानी र विभिन्न बैंकका ४ वटा चेकबुक पनि बरामद गरेको जनाएको छ ।

प्रहरीले बरामद नगद र धातुको स्रोतबारे थप अनुसन्धान भइरहेको जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार बरामद गरिएको सुनजस्तो धातु वास्तविक सुन हो वा होइन भन्ने प्राविधिक परीक्षणका लागि सम्बन्धित निकायमा पठाइएको छ ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com