काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य तोलामा २ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य प्रतितोला २ लाख ३९ हजार ९ सय रुपैयाँ कायम भएकाे छ । अघिल्लो दिन २ लाख ४१ हजार ९ सय रुपैयाँ थियो।
यस्तै, चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ९८० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएको छ।
प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार












प्रतिक्रिया