काठमाडौं । अस्ट्रेलियाविरुद्धको तेस्रो एकदिवसीय खेलमा फिल्डिङ गर्दै गर्दा भारतीय क्रिकेट टिमका उपकप्तान श्रेयस अय्यर गम्भीर रूपमा घाइते भएका छन्। रक्तस्राव भएपछि उनलाई सिड्नीस्थित अस्पतालको आइसीयुमा भर्ना गरिएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ।
शनिबार सिड्नी क्रिकेट मैदानमा भएको खेलको क्रममा अलेक्स केरीको क्याच लिन खोज्दा अय्यर बायाँ कोखामा चोट लागेका थिए। चोटपछि उनी तुरुन्तै मैदानबाट बाहिरिएर ड्रेसिङ रुम फर्किएका थिए। तर केही समयमै उनको स्वास्थ्य अवस्था बिग्रिएपछि तत्काल अस्पताल लगिएको बताइएको छ।
अय्यर पछिल्ला दुई दिनदेखि आइसीयुमा रहेका छन्। चिकित्सकहरूका अनुसार संक्रमण रोक्नका लागि उनलाई कम्तीमा एक हप्ता (२ देखि ७ दिनसम्म) विशेष निगरानीमा राखिनेछ।
प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार












प्रतिक्रिया