काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २९०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य मंगलबार घटेर तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको हो ।
यसैबिच मंगलबार चाँदीको मूल्य समेत घटेको छ । सोमबार तोलामा २ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार












प्रतिक्रिया