काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरी जवान उत्तम थापाको हत्या प्रकरणमा संलग्न भएको आरोपमा थप दुई जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार सुकेधारा क्षेत्रबाट सोमबार साँझ सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ का २२ वर्षीय अलिष श्रेष्ठ र रसुवाको उत्तगया गाउँपालिका–४ का २७ वर्षीय सौरभ तामाङलाई पक्राउ गरिएको हो। उनीहरूलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले सिसिटिभी फुटेजको आधारमा नियन्त्रणमा लिएको बताइएको छ।

advertisement

पक्राउ परेकाहरूले प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्नुका साथै जवान थापामाथि आक्रमण र कुटपिट गरेको दृश्य भिडियोमा देखिएको प्रहरीको दाबी छ।

जेनजी आन्दोलनका क्रममा महाराजगञ्ज वृत्तमा कार्यरत जवान उत्तम थापा, असई मिलन राय, र प्रहरी हवल्दार अमृत गुरुङको हत्या भएको थियो।

यो घटनामा संलग्न भएको आरोपमा यसअघि चार जना पुर्पक्षका लागि कारागार पठाइएका छन् भने छ जनामाथि अनुसन्धान जारी छ। सोमबार थप दुई जना पक्राउ परेसँगै हिरासतमा रहेका अभियुक्तको संख्या आठ पुगेको प्रहरीले जनाएको छ।

समग्रमा हालसम्म यो प्रकरणमा १२ जना पक्राउ परेका छन्।

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com