सिन्धुली ।  बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–६ चैनपुरमा आज कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विराटनगरबाट काठमाडौँ जाँदै गरेको बा ७ च ७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट ४२ फिट तल खसेको छ ।

दुर्घटनामा परी एकै परिवारका तीन जना घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार मोरङको विराटनगर उपमहानगरपालिका–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलले चलाएको कार आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो ।

advertisement

दुर्घटनापछि प्रहरीले घाइतेको उद्धार गरी उपचारका लागि आत्मीय सामुदायिक अस्पताल खाल्टे लगेको थियो । उपचारका लागि अस्पताल लगिए पनि ओमबहादुरको मृत्यु भएको प्रनाउ सुवेदीले बताए । मृतकका श्रीमती ४९ वर्षीया सुनिता अर्जेलको अवस्था गम्भीर रहेको छ । उनका छोरा ३१ वर्षीय निशान्त अर्जेलको आत्मीय सामुदायिक अस्पताल खाल्टेमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

प्रकाशित मिति: ११ कार्तिक २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com