काठमाडौं । अग्रणी डीटीएच सेवा प्रदायक कम्पनी ‘डिशहोम’ र लोकप्रिय रेस्टुरेन्ट ब्रान्ड ‘डल्ले’बीच नयाँ सहकार्य भएको छ। उक्त साझेदारीअन्तर्गत डिशहोमका ग्राहकहरूले अब काठमाडौं उपत्यकाभित्र रहेका डल्लेका सबै आउटलेटमा ‘भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुट’ पाउनेछन्।

डिशहोमले हालै सुरु गरेको भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत ग्राहकहरूले ‘डल्ले रेस्टुरेन्टका सबै शाखामा १०% छुट’ प्राप्त गर्न सक्नेछन्। यो सुविधा लिनका लागि प्रयोगकर्ताले ‘माइ डिशहोम एप’ डाउनलोड गरी त्यसमा दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरेर लगइन गर्नुपर्नेछ। एपको होम स्क्रिन वा प्रोफाइल सेक्सनमा रहेको ‘प्रिभिलेज कार्ड’ आइकनमा क्लिक गरी डल्लेमा कार्ड देखाएपछि छुट उपलब्ध हुनेछ।

advertisement

यस साझेदारीलाई औपचारिक बनाउने उद्देश्यले डल्लेका म्यानेजिङ डाइरेक्टर ‘आलोक योन्जोन’ र डिशहोमका डिपुटी चिफ प्रोडक्ट अफिसर ‘आदित्य भट्टराई’ले समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्।

नेपाली स्वादको आधुनिक व्याख्या प्रस्तुत गर्दै आएका ‘डल्ले’ रेस्टुरेन्टहरू शान्त वातावरण, गुणस्तरीय सेवा र स्वादिष्ट परिकारका कारण चर्चित छन्। देशभर आफ्नो सञ्जाल विस्तार गरिरहेको डल्लेले परम्परागत नेपाली खानालाई आधुनिक शैलीमा प्रस्तुत गर्दै आएको छ।

डिशहोमले यो साझेदारीलाई जीवनशैली सेवातर्फको अर्को महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ। कम्पनीका अनुसार, इन्टरनेट र टेलिभिजन सेवाभन्दा पर ग्राहकलाई अतिरिक्त मूल्य, सुविधा र बचत प्रदान गर्ने उदेश्यका साथ आगामी दिनमा पनि यस्ता सहकार्यहरू निरन्तर गरिनेछ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com