काठमाडौं । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीसँग सम्बन्धित जग्गा हिनामिनाको प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ।

विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासमा यो सुनुवाइ तय गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते उक्त मुद्दा दायर गर्दै नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएको थियो।

advertisement

अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो र सजाय माग गरेको छ। आरोप अनुसार तत्कालीन प्रधानमन्त्रीको हैसियतमा उनले सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत तथा संस्थागत स्वार्थमा हस्तान्तरण गरी भ्रष्टाचारमा संलग्न भएको बताइएको छ।

अभियोगपत्रमा उल्लेख छ कि नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न अनुमति दिएको थियो। त्यसै अनुसार २०६६ माघ १८ गतेको ठाडो आदेशमार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न सहज बनाइएको अभियोग लगाइएको छ।

मुद्दामा कुल ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा गैरकानुनी रूपमा बिक्री वा हिनामिना गरिएको र यसबाट भ्रष्टाचार भएको दाबी गरिएको छ।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com