बैतडी । भिरबाट लडेर बैतडीमा तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेलौली नगरपालिका–७ पचकोराका ५५ वर्षीय भीमसिंह रावत, शिवनाथ गाउँपालिका–५ बारुलोजनीका ६१ वर्षीय इन्द्रसिंह साउद र डिलासैनी गाउँपालिका–७ ढाँणकी ५८ वर्षीया हरुली कार्की रहेका छन्।

advertisement

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूका अनुसार, बुधबार शिवनाथ धाममा जात्रा हेर्न गएका रावत घर नफर्केपछि खोजतलासका क्रममा बिहीबार दिउँसो शिवनाथ–६ ओल्या भिरदेखि करिब ५०० मिटर तल उनको शव फेला परेको हो।

त्यस्तै, शिवनाथ धामको जात्राबाट फर्कने क्रममा इन्द्रसिंह साउद पनि भिरबाट लडेर ज्यान गुमाएको प्रहरीले जनाएको छ।

यस्तै, बुधबारदेखि हराइरहेकी हरुली कार्कीको शव न्यौटे भन्ने स्थानमा करिब एक मिटर तल भिरमा फेला परेको प्रहरीले जानकारी दिएको छ। खर काट्ने क्रममा उनी भिरबाट लडेकी थिइन्।

तीनै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित मिति: १३ कार्तिक २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com